Home पत्रपत्रिका सरकार र डा. केसी सहमति नजिक

सरकार र डा. केसी सहमति नजिक

by ईलालटिन
0 comment

काठमाडौं । सरकार र २५ दिनदेखि अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ ।

शिक्षासचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच बिहीबार दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा. केसीले अघि सारेका ६बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ ।

कुनकुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने दुबै वार्ता टोलीका सदस्यहरुले बताउन चाहेका छैनन् । सरकारी वार्ता टोलीका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, निकै सकारात्मक छलफल भएको छ । छलफलमा आएका कुराहरुलाई दुबै टोलीले आफू सम्बद्ध पक्षमा परामर्श गरेपछि सहमति खोज्छौं ।’

डा. क्षेत्री नेतृत्वको वार्ता टोलीले डा. केसीलाई भेटेर मन्त्रालयमा भएका छलफलबारे ब्रिफिङ गरिसकेको छ । डा. केसीले भने भन्ने बाहिर ल्याइएको छैन ।

तर भोलि सरकार र डा. केसीबीच सहमति हुने सम्भावना रहेको शिक्षामन्त्रालयसवद्ध स्रोतले बताएको छ ।

केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ-६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए । ८ औं दिनमा काठमाडौं आएका उनले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिएका छन् ।

डा. केसीको अनसनको २४औं दिनमा सरकारले वार्ता टोली बनाएको थियो ।

अनलाइनखबर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com