Home कला फिल्म तथा भिडियोमा अनुमति बिना प्रहरीको पोसाक प्रयोग गर्न नपाइने

फिल्म तथा भिडियोमा अनुमति बिना प्रहरीको पोसाक प्रयोग गर्न नपाइने

by ईलालटिन
0 comment

काठमाण्डौं । प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरेको छ । फिल्म, टेलिश्रृङ्खला लगायतमा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै विज्ञप्ति जारी गरिएको हो ।

स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्यार्नी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न समेत आह्वान गरेको छ । यी नियम तोडेमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुनेसमेत कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘विभिन्न चलचित्र, टेलि चलचित्र, सर्ट फिल्म, प्र्यांक भिडियो, साङ्गीतिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको जनाइएको छ ।

यस निर्णयसँगै अब प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार-प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान पूरा गर्नुपर्ने छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com