प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना प्रमुख सल्लाहकारहरुलाई कोरोना संक्रमण भएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूूर्य थापालाई शनिवार कोरोना संक्रमण देखिएको हो ।
उनीहरू तीनै जनाले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
यस्तै प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उनले आफूमा कोरोनासंक्रमण देखिएको बताएका हुन् । -lokantar.com
