Home TV पर्वतको एक गाउँ माछा, मासु बर्जित।प्याज, लसुन खान मात्र होइन खेती गर्न पनि नपाईने(भिडियो)

पर्वतको एक गाउँ माछा, मासु बर्जित।प्याज, लसुन खान मात्र होइन खेती गर्न पनि नपाईने(भिडियो)

by ईलालटिन
0 comment

पर्वत । आज हामी रिपोटिङका क्रममा पर्वतको नाग्लीवाङमा आईपुगेका छौँ । हामीले एउटा विचित्रको खबर ल्याएका छौँ । आजको २१औं शताब्दीमा अचम्म लाग्न सक्छ । तर अचम्म नमान्नुहोस्, पर्वत जिल्लाको जलजला ८ (साविक नाग्लीवाङ ७) पल्लो नाग्लीवाङ अर्थात् शालिग्रामधाममा आजसम्मपनि तामसी भोजन बहिष्कार गरिएको छ ।

अधिकांश मानिसहरु मासुमंश विनाको भोजन गर्न छाडिसकेको वर्तमान समयमा मासुमंश विनाको सात्विक भोजन गर्ने गाउँ फेला पार्न कठिन हुन सक्छ । तर शालिग्रामधामका ४५ घरधुरीले भने सात्विक भोजन गरेरै दैनिकी चलाइरहेका छन् ।

हत्या, हिंसा, काटमार निशेध गरिएको उक्त गाउँका सबै घरधुरी मासुमंशका अलवा भान्सामा लसुन, प्यास समेतको प्रयोग गर्दैनन् । त्यतिमात्र नभएर व्यावसायिक तरकारी खेतीको उच्च सम्भावना रहेको सो ठाउँमा लसुन र प्याजकाको खेती समेत गरिएकोे छैन ।

‘सबैखाले तरकारी खेती गरिन्छ तर लसुन र प्यास नखाने भएकाले सोको खेतीपाती समेत गरिएको छैन ।’ जलजला ८, नाग्लीवाङका हरिनारायण रेग्मीले बताए । रेग्मीका अनुसार यहाँका स्थानीयहरु हिन्दू धर्मभित्रको वैष्णव सम्प्रदायसँग नजिक भएकाले आफूहरुले काटमार र लसुन प्यानको सेवन नगर्ने बताए ।

‘हिंसारहित गाउँ बनाउनका लागि शालिग्राम उपाध्याय (शालिकराम गुरु) को ठूलो देन रहेको छ ।’ जलजला ७ निवासी भुवन रेग्मीले भन्नुभयो–‘हामी हिंसा रहित समाज निर्माण गर्नुपर्छ भन्ने मान्यतामा छौं । यसका लागि हाम्रो गाउँ सबैका लागि उदाहरण बन्न सक्छ ।’

साविक धौलागिरी अञ्चल सदरमुकाम बागलुङबजारदेखि ठीक पूर्व कालीगण्डकी पारी रहेको पर्वतको जलजला ८ नाग्लीवाङ शालिग्राम धाम हिंसा रहित गाउँ मात्र नभएर प्राकृतिक भूबनोटले समेत निकै मनमोहक छ । प्राकृतिक सौन्दर्यताकाले भपरिपूर्ण पल्लो नाग्लीवाङमा व्यावसायिक कृषिको समेत प्रशस्त सम्भावना रहेको छ । ग्रामीण रहनसहन, बोलीमा सरलता, चेहरामा प्रशन्नता बोकेका यहाँका अधिकांश स्थानीयहरुको दैनिकी भने कृषिकर्मसँगै बितिरहेको हुन्छ ।

हिंसा र काटमारको विगविगी बढिरहेको र तामसी भोजन गर्नेहरुको बाहुल्यता बढिहेको वर्तमान समाजका लागि उपल्लो नाग्लीवाङका रेग्मीहरु सात्विक भोजनका लागि प्रेरणाका श्रोत बन्न सक्छन् । साथै धर्म, संस्कृति, रितिरिवाज र चालचलन अध्ययन गर्नेहरुका लागि गतिलो पाठ बन्न सक्छन् । अहिले पनि यहाँका दर्जन बढी रेग्मीहरु संस्कृत शिक्षा अध्ययन÷अध्यापनका लागि बागलुङ, पर्वतको कुश्मा, पोखराको विन्ध्यवासिनी, काठमाडौं, भारतको वानरस, दिल्ली, अयोध्या लगायतका ठाउँमा रहेका छन् ।
हेर्नुहोस्… पूरा भिडियो

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com