Home पत्रपत्रिका अबको अर्थमन्त्री को : गौतम, पौडेल कि पाण्डे ?

अबको अर्थमन्त्री को : गौतम, पौडेल कि पाण्डे ?

by ईलालटिन
0 comment

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा मन्त्रिपरिषद पुनगर्ठनको गृहकार्य जारी छ । नेताहरुबीच मापदण्डका विषयमा सहमति नजुट्दा भदौको अन्तिम साता नै गर्ने भनिएको मन्त्रिपरिषद पुनर्गठनले पार पाउन सकेको छैन ।  बिहीबारमात्रै सरकारले तत्कालिन अर्थमन्त्री समेत रहेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेसँगै मुलकको सम्पूर्ण अर्थतन्त्रको हिसाबकिताब राख्ने अर्थमन्त्रालयको नेतृत्व गर्ने अवसर अब कसले पाउला ? भन्ने चासो बढ्न पुगेको छ ।

राष्ट्यिसभा सदस्यको पदावधि सकिएसँगै गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई त्यसको केही दिनमै प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । त्यसपछि धेरैले अर्थमन्त्रालयको जिम्मेवारी कि प्रधानमन्त्री आफैले राख्ने त कि अरौटो राज्यमन्त्री राखेर खतिवडाकै निर्देशनमा अर्थमन्त्रालय चल्छ कि भन्ने अड्कलवाजी गरेका थिए । त्यसैले उनलाई कतिपयले छाया अर्थमन्त्रीका रुपमा बुझ्न थालिसकेका थिए ।

तर, बिहीबारबाट त्यो सम्भावना टरेको छ । किनभने खतिवडा राजदूत हुने लगभग पक्का भैसकेकाले ओली नेतृत्वको सरकारले अर्थमन्त्रालयको जिम्मेवारी कुनै न कुनै नेतालाई दिनुपर्ने भएको छ । त्यतिमात्रै होइन खतिवडाप्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको एक महिना नवित्दै राजदूत नियुक्तिका लागि सरकारको सिफारिसमा पर्ने भाग्यमानी बन्न सफल भएका छन् । खतिवडा अमेरिकी राजदूतका लागि सिफारिस भएसँगै उनीबारे बिभिन्न टिकाटिप्पणी समेत हुन थालेका छन् । कतिपयले उनको नियुक्तिको विषयलाई लिएर लगातार अवसर पाउने व्यक्तिका रुपमा व्याख्या गरिहेका छन् । हुन पनि खतिवडा २०६२–०६३ को परिवर्तन पश्चात लगातार लाभको पद पाउने कमै भाग्यमानी मध्येमा पर्छन् । खतिवडाको नियुक्तिकोे श्रृंखला हेर्दा उनलाई साँच्चै पछिल्लो राजनीतिक परिवर्तन फलिफाप नै भएको पुष्टि हुन्छ । रातोपाटी

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com