Home विशेष विद्युतीय सवारीमा वृद्धि गरिएको अन्तशुल्क दर घटाउने सरकारको निर्णयप्रति नाडाको स्वागत

विद्युतीय सवारीमा वृद्धि गरिएको अन्तशुल्क दर घटाउने सरकारको निर्णयप्रति नाडाको स्वागत

by ईलालटिन
0 comment

काठमाडौँ । विद्युतीय सवारीमा वृद्धि गरिएको अन्तशुल्क दर घटाउने सरकारको निर्णय प्रति नाडाले स्वागत गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले करको दर र अन्तशुल्कमा केही हेरफेर गर्ने निर्णय गरेसँगै अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा) ले खुशी व्यक्त गरेको हो ।

‘धन्यबाद सरकार !, विद्युतीय गाडीको अन्तशुल्क दर अन्ततः घट्ने भएको छ । सरकारको यो कार्यप्रति नाडा खुला ह्रृदयले स्वागत गर्दछ,’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भने ।
त्यसो त चालू आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय सवारीको अन्तशुल्क दर वृद्धि गर्ने निर्णय गरेसँगै अटो मोबाइल व्यवसायीहरुको छाता संगठन नाडा आन्दोलित हुँदै आएको थियो ।
गत आर्थिक वर्ष २०७६/७७ सम्म अधिकतम ९० प्रतिशत अन्तशुल्क छुट पाउँदैआएको विद्युतीय सवारीमा सरकारले चालू आर्थिक वर्ष देखि कर वृद्धिको नीति लिएको थियो ।

अन्ततः निर्णय भएको ठीक चार महिनापछि करको दरमा सरकारले पुनर्विचार गर्ने भएको हो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com