Home समाचार मादी नदीमा कृत्रिम ताल बनाउने तयारी

मादी नदीमा कृत्रिम ताल बनाउने तयारी

by ईलालटिन
0 comment

तनहुँ। तनहुँको व्यास नगरपालिका-३ र ५ मा रहेको मादी नदीमा कृत्रिम ताल निर्माण हुने भएको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नगरपालिकाले मादीमा कृत्रिम ताल निर्माण गर्न लागेको हो। ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नगरपालिकाले इकोकोड नेपाल तथा प्यारागन जेभीसँग सम्झौता गरेको छ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले इकोकोड नेपाल तथा प्यारागन जेभीका प्रतिनिधि प्रवेश अधिकारीलाई सम्झौतापत्र हस्तान्तरण गरे।

मादी नदीले ओगटेको भूभाग क्षेत्रको आसपासमा बस्ती विकास, विभिन्न उत्पादनमुखी परियोजना सञ्चालन तथा नदी क्षेत्रको संरक्षण गर्ने उद्देश्य राखेर नगरपालिकाले प्रारम्भिक चरणमा डीपीआर तयार गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए।

नगरपालिकाले व्यास नगरपालिका-३, ४, ५, ६, ७ र १० अन्तर्गत मादी नदीको १८ किलोमिटर भूभागको गुरुयोजनासहित कृत्रिम ताल निर्माणको प्रकृया अगाडि बढाएको छ ।

मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिइएको छ। परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायत संरचना निर्माण गर्ने उद्देश्य छ। रासस

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com