Home Social विष्णु कुमारी क्षत्रीको देवरलाई आरोप

विष्णु कुमारी क्षत्रीको देवरलाई आरोप

by ईलालटिन
0 comment

पर्वत । हामीले केही दिन अघि विष्णु कुमारी क्षेत्रीको आवाजसहितको एउटा सामग्री लाल्टिन मिडिया मार्फत प्रसारण गरेका थियौँ । र उहाँसँग भेटेरै भिडिओ बनाउने छौँ र सत्य तथ्य कुरा के हो ? उहाँबाटै सुन्छौँ र हेर्छौ भनेको पनि थियौँ । केही दिन अघि न्याय चाहियो । बस्ने बास भएन । म कहाँ जाऊँ ? भनेर उहाँ तीन रात जिल्ला प्रहरी कार्यालय पर्वतको गेटअघि धर्ना दिएरै बस्नु भएको थियो । उहाँ आज हाम्रो कार्यालयमा आउनु भएको छ । कतैबाट न्याय भएन । मलाई आफन्त लगायत सबै जना मेरो विरुद्धमा लागे । जालसाजी गरेर मेरो जग्गा पनि आफन्तले खाए । म घरको न घाटको भएँ । भनेर हामीलाई टेलिफोनमार्फत पटक पटक भनिराख्नु हुन्थ्यो । खामा भएको चाहिँ के हो ? जानौँ उहाँबाट नै ।

……..सुनिहाल्नु भयो विष्णु कुमारी क्षेत्रीको कुरा । उहाँको लडाई भनेको आफ्नै देवरसँग देखिन्छ । देवरलाई आरोप लगाउनु भएको छ । त्यही कुरा देवरसँग ग¥र्यौ । उहाँ देवर केदार केसी पनि हाम्रो कार्यालयमा आउनुभएको थियो । तर उहाँले क्यामरामा कुनै पनि हालतमा बोल्दिन भन्नुभयो । भाउजूले आफूमाथि लगाएको आरोपहरू सबै झुटो भएको नपत्याए दाइलार्ई सोध्नु । छोरीलाई सोध्नु । मलाई चाहिँ क्यामरामा नदेखाउनु भन्ने अडान दोहो¥याइ रहनुभयो । दर्शक महनुभावहरु तपाइलाई जानकारी गराऊँ कि हाम्रो कार्यालयमा विष्णु कुमारी क्षेत्रीको श्रीमान् टेक बहादुर केसी, छोरी, भाइ बुहारी, नन्दलगायत सबै जना विषण कुमारी क्षेत्रीको विपक्षमा हुनुहुन्थ्यो । पक्षमा चाहिँ मात्र आफै विष्णु मात्रै हुनुहुन्थ्यो । देवरले क्यामरामा बोल्दिन भनिसकेपछि श्रीमान् टेकबहादुरसँग कुराकानी गरेका छौँ । हेर्नुहोस् …….

कुरा सुन्नु भयो । अदालतले एउटा निर्णय गरिसकेको छ । खैर त्यतातिर हामी नजाऔँ । यहाँ भएको विवाद छोटोमा बुझ्दा जग्गा, ऋण र पैसामा गएर कुरा रोकिएको छ । भाउजू कुरा देवरले सबै तिकडम गरेर आफ्नो सोझो श्रीमानलाई फकाएर सम्पत्ति आफ्नो नाममा पारे भन्ने छ । देवरको कुरा चाहिँ भाउजूको सबै आरोपहरू गलत भएको भन्ने छ । हामीले चाहिँ विष्णु कुमारी क्षत्रीले मिडियामा मेरो कुरा राखिदिनु म अन्यायमा परेँ भनेर आएपछि उहाँलाई नसुन्ने कुरा भएन । केही समय अघिसम्म म बोल्छु म माथि गलत आरोप लगाइयो भनेर अघि बढ्नु भएका देवर केदार केसी पछि हट्नु भयो । बोल्न मान्दै मान्नु भएन । विष्णुका श्रीमान् टेक बहादुरले भाइ किन बोल्न प¥र्यो ? म बोले हुन्छ । उसको भिडिओ नखिच्नुस् भनेपछि हामीले जर्वजस्ती गर्ने कुरा पनि रहेन । यती हो अहिलेलाई चाहिँ यस घटनाक्रमबाट हामी चाहिँ बिदा चाहन्छौँ । नमस्कार ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com