Home Social अनिशको अध्यक्षतामा ११ सदस्यीय जिम्न्यास्टिक सङ्घ

अनिशको अध्यक्षतामा ११ सदस्यीय जिम्न्यास्टिक सङ्घ

by ईलालटिन
0 comment

पर्वत । पर्वतको कुश्मामा खेल प्रेमी युवाहरूको अग्रसरतामा जिम्न्यास्टिक सङ्घ गठन भएको छ । कुश्माका युवा खेलाडी अनिश श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिम्न्यास्टिक सङ्घ गठन भएको हो ।

सङ्घको उपाध्यक्षमा भिम बहादुर गौचन, सचिवमा ध्रुव श्रेष्ठ, कोषाध्यक्षमा रेनु पुन, सह–सचिवमा दल बहादुर राना रहनु भएको छ । यस्तै सदस्यहरूमा क्रमशः दिनेश श्रेष्ठ, शङ्कर पौडेल, प्रबिन राना, दिपेन्द्र सुवेदी, खुमा कुमारी हमाल श्रेष्ठ र अनिता श्रेष्ठ रहेका छन् ।

नेपाल जिम्न्यास्टिक सङ्घका केन्द्रीय सदस्य योगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङ प्रमुख अतिथि रहेको थियो भने विशिष्ट अतिथि चाहिँ खेलाडी रोनित गुरुङ रहेका थिए । सङ्घको सल्लाहकारहरूमा चाहिँ प्रबिन श्रेष्ठ, भिम बहादुर थापा, भिम बहादुर शर्मा, पवित्रा श्रेष्ठ र संरक्षकमा विक्रम श्रेष्ठ रहेका छन् ।

भेलाको संयोजन कुश्मा स्पोर्ट्स क्लबका अध्यक्ष विक्रम श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन ध्रुव श्रेष्ठले गरेका थिए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com