Home Social पर्वत जेसिजको २८ औँ पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न

पर्वत जेसिजको २८ औँ पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न

by ईलालटिन
0 comment

पर्वत । पर्वत जेसिजको २८ औँ पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। मङ्गलबार साँझ सदरमुकाम कुश्मास्थित युनिभर्सल पार्टी प्यालेसमा आयोजित समारोहमा निवर्तमान अध्यक्ष उषा चापागाईँले वर्तमान अध्यक्ष मिलन पौडेललाई र अध्यक्ष पौडेलले अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराएर पदस्थापन गरिएको हो।

केही समय पहिले निर्वाचन अधिकृत रविकुमार श्रेष्ठ रहेको एक समूहले वर्ष सन २०२४ का लागि सर्वसम्मत रुपमा पदाधिकारीहरुको टुङ्गो लगाएको थियो। जसमा अध्यक्ष पौडेल सहित निवर्तमान अध्यक्ष बिनोद आचार्य, कानुनी सल्लाहकार हेमन्त आचार्य, कार्यकारी उपाध्यक्ष सुरज श्रेष्ठ र अच्ययुत पौडेल, महासचिव अमृतप्रसाद पोख्रेल, कोषाध्यक्ष सन्दिपा पौडेल, उपाध्यक्षमा रामचन्द्र सुवेदी, मञ्जु शर्मा र शर्मिला पौडेल, शाखा सम्पादक निर्मा राजभण्डारी, तालिम निर्देशक अर्जुनराज पुरी, सहसचिव झलकप्रसाद चापागाईँ, सहकोषाध्यक्ष पार्वती पौडेल, तथा निर्देशकमा आशंका श्रेष्ठ र प्रवेश पुरी रहेका छन्।

कार्यक्रमकै अवसरमा पर्वत जेसिजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ (भरत) द्धारा आफ्ना स्व.पिता रत्नप्रसाद श्रेष्ठको सम्झनामा स्थापित अवार्ड वितरण गरिएको छ। हरेक वर्ष पर्वत जेसिजलाई कुशल नेतृत्व प्रदान गर्ने अध्यक्षलाई नगद १० हजार रुपैयाँ सहित रत्न अवार्ड प्रदान गर्ने गरिएको छ। बर्ष २०२३ का निवर्तमान उषा चापागाईँले अवार्ड ग्रहण गरेकी हुन्।

यस्तै जेसीआई सिनेटर बसन्तकुमार कर्माचार्यद्धारा आफ्ना पिता टेकनारायण कर्माचार्य र माता देउकुमारी कर्माचार्यको नाममा स्थापित टेकनारायण देउकुमारी कर्माचार्य उत्कृष्ट जेसिज सदस्य अवार्ड पर्वत जेसिज वर्ष २०२३ का सदस्य आशंका श्रेष्ठलाई प्रदान गरिएको छ। कुलप्रसाद डम्मरकुमारी उत्कृष्ट पदाधिकारी अवार्ड पर्वत जेसिज बर्ष २०२३ को निवर्तमान अध्यक्ष उषा चापागाईँ सुवेदीले पाएकी छिन्। यो अवार्ड पर्वत जेसिजका पूर्व अध्यक्ष जेसिआई सिनेटर बिषमकुमार श्रेष्ठद्धारा आफ्ना पिता कुलप्रसाद श्रेष्ठ र माता डम्मरकुमारी श्रेष्ठको नाममा स्थापना भएको हो।

पर्वत जेसिजका पूर्व अध्यक्ष जेसिआई सिनेटर कृष्णप्रसाद श्रेष्ठद्धारा आफ्ना पिता गंगाप्रसाद श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय गंगाप्रसाद श्रेष्ठ उत्कृष्ट सहभागिता अवार्ड पर्वत जेसिज बर्ष २०२३ का कोषाध्यक्ष सन्दीपा शर्मा पौडेललाई दिइएको छ। यसैगरी पर्वत जेसिजका पूर्व अध्यक्षद्धय जेसि रबिकुमार श्रेष्ठ र सुमन श्रेष्ठद्धारा आफ्ना पिता स्वर्गीय केशबकुमार श्रेष्ठको सम्झनामा स्थापित ‘बेस्ट कोअर्डिनेटर अवार्ड’ पर्वत जेसिज बर्ष २०२३ का सहकोषाध्यक्ष मञ्जु शर्माले प्राप्त गरेकी छिन्।

कार्यक्रमकै अवसर पारेर बालबालिका तथा युवा विकासको क्षेत्रमा अमूल्य योगदान गरेकी भन्दै संस्कार बाल क्लब अफ पर्वतकी संरक्षक रश्मी गौतमलाई सम्मान गरिएको छ। पदस्थापना तथा पुरस्कार वितरण समारोह नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। source saghannews

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com