पर्वत, सचिन्द्र श्रेष्ठ ।
मनोरञ्जन मानिसलाई नभई नहुने चिज हो । यसको प्राप्तिका लागि मानिसहरूले प्रकृति तथा मानवले आफै निर्माण गरेर मनोरञ्जन, खुसी आनन्द प्राप्ति गर्ने गर्दछन् । यही खुसी र आनन्द प्राप्तिको लागि हेरिने तथा खेलिने चिज बस्तुहरू चाहिने गर्दछन् ।
पर्वत जिल्ला प्राकृतिक रूपले भरिपूर्ण जिल्ला हो । यहाँ धार्मिक तथा ऐतिहासिक रूपमा रहेका मठमन्दिर देखि लिएर अनौठा मानव निर्मित पुल, केवुलकार, बन्जिजम्प, जिप लाइन निर्माण भई सकेको छन् ।
त्यसै गरी अहिले रक कलाइम्बिङको सम्भावना पनि उत्तिकै रहेको छ । एक व्यक्तिगत र जोखिम युक्त खतरनाक खेल हो जो ठुला ठुला पहाड,चट्टानमा चढ्नको लागि पर्याप्त समय र जोखिम मोलेर चढ्ने गरिन्छ ।
चढ्ने समयमा विभिन्न सामानको उपयोग गर्ने गरिन्छ । जुत्ता, डोरी, बैलड़ ,हेलमेटको प्रयोग गरेर सावधानी अपनाई सुरक्षित तरिकाले विभिन्न आकार, कोण सँग रक कलाइम्बिङ खेल तीव्रता र कठिनाइ लाई पार गरेर आफ्नो निश्चित लक्ष्यमा पुगेर जित हासिल गर्नु यो खेलको विशेषता हो। विदेशमा पहाड चट्टान नभएका कारण भित्री खेल (indoor game) का रूपमा पर्याप्त यस्ता साहसिक खेल देख्न पाइन्छ ।

बाहिरी खेलको लागि हाम्रो जस्तो पहाड, चट्टानको अनगिन्ती डाँडाहरूमा यस खेललाई निरन्तरता दिई पर्यटक आगमन मा टेवा पुग्ने देखिन्छ । ज्ञादी कुश्मा झोलुङ्गे पुलको पहरामा पनि यो साहसिक खेलको परीक्षण गरिएको भए पनि यसमा कसैले चासो दिएका छैनन् । कुश्माका बलेवा साइडमा यसको सम्भावना रहे विश्वकै अग्लो स्थानमा रहने पक्का छ ।