पर्वत । पर्वतलाई लामो समयदेखि कर्मथलो बनाएर सञ्चार र गीतसङ्गीतमा अविराम लागि परेका अर्जुन थापा मगरले गाउँघरबाट लोप हुँदै गएको पुरानो मौलिक गीतसङ्गीतलाई उजागर गर्ने काम गरेका छन् ।
मगरले आफ्नै स्वरमा “हेर्दाहेर्दै सँइले” बोलको मौलिक गीत बजारमा ल्याएका हुन् । उनले गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् । गीतमा पर्वतका रमणीय स्थानहरू देखाइएको छ । गीतको म्युजिक भिडिओ उनको आफ्नै युट्युब च्यानल खास नेपालबाट हिजो शनिवार सार्वजनिक गरेका हुन् ।
“गाउँमा हाम्रा अग्रजहरूले गाउँघरमा हुने रोदी, झाम्रे लगायतका सांस्कृतिक कार्यक्रममा गाउने गीतलाई मैले जगेर्ना गर्नुपर्छ भन्ने लागेर रेकर्डिङ देखि म्युजिक भिडियो समेत बनाउन प्रयास गरेको हुँ ।”, उनले भने,“हाम्रा परम्परा, संस्कृति र गीतसङ्गीतलाई बचाउनु पर्ने दायित्व हाम्रै हो ।”
गीतको स्वरमा मगरलाई सरस्वती लामिछाने र शोभा परियारले साथ दिएका छन् । भिडिओको निर्देशन पनि उनै मगरल नै गरेका छन् । गीतको कोरियोग्राफीमा भने कलाकार खुम पुनले गरेका छन् । भिडिओको छायाङ्कन कमल एल.एक्स, सन्देश लामिछाने र दिमस गुरुङले गरेका हुन् । गायक थापाले यस गीत भन्दा पहिले चार वटा गीत बजारमा ल्याइसकेका छन् ।
