Home विशेष एकता युवा क्लबको अध्यक्षमा गोकुल चापागाईँ चयन

एकता युवा क्लबको अध्यक्षमा गोकुल चापागाईँ चयन

by ईलालटिन
0 comment

पर्वत । पर्वतमा सक्रिय युवा क्लब मध्येको अग्रणी एकता युवा क्लबको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भएको साधारण सभा र अधिवेशनले नयाँ नेतृत्व पनि चयन गरेको छ ।

क्लबको अध्यक्षमा गोकुल चापागाईँ सर्वसम्मत रूपमा चयन हुनुभएको छ । अन्य पदाधिकारी र सदस्यहरू पनि सर्वसहमतीको आधारमा चयन भएका छन् । उपाध्यक्षमा अमृतप्रसाद पोखरेल र कविन्द्र केसी चयन हुनुभएको छ । सचिवमा अर्जुनराज पुरी, सहसचिवमा मिना बानियाँ केसी र शिव आचार्य चयन हुनुभयो ।

सदस्यहरूमा विकास केसी, दिनेश तिवारी, विष्णु भण्डारी, भीम कुमारी पाठक, मुकुन्द भण्डारी, तारा पोख्रेल, सन्दीप आचार्य, सन्तोष कार्की, विवेक आचार्य, बृहत् गुरुङ, सङ्गम कार्की, पार्वती पौडेल, रवि कुमार श्रेष्ठ, निर्मल शर्मा, गणेश गौतम , सन्तोष क्षेत्र, युवराज चापागाईँ र मौसम आचार्य चयन हुनुभएको छ ।

“परिवर्तनका संवाहक युवा युवाको एकता आजको आवश्यकता“ भन्ने नाराका साथ २०६४ सालमा स्थापना गरिएको यस क्लबको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनको नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो । जोशीले युवा परिवर्तनका संवाहक रहेको क्लबको अभियान बाट आफूले बुझेको बताउनुभयो ।

पर्वतमा सक्रिय क्लब मध्ये एकता युवा क्लबले थालेका अभियानले समुदायमा सकारात्मक खालका कार्यहरू भइरहेको भन्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरता आफूले चाहेको बताउनुभयो । क्लब जन्माउने र यहाँ सम्म ल्याउने युवाहरूको प्रयास लाई उहाँले धन्यवाद दिनुभयो ।

क्लबका निवर्तमान अध्यक्ष विजय चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव अमृतप्रसाद पोख्रेलले गरेका थिए । उक्त कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष रामहरी शर्मा, क्लबका पूर्व अध्यक्ष अच्युत तिवारी, नरेन्द्र बहादुर खत्री र विभिन्न संस्था प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।

क्लबले विभिन्न व्यक्ति र समूहलाई सम्मान गरेको छ । सम्मानित हुनेमा द क्लिफका अध्यक्ष राजु कार्की, हार्नेस जीपलाईनका प्रबन्धक सुनिल बानिया, सरल कवी शान्तिनारायण श्रेष्ठ, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष अर्जुनप्रसाद चापागाईँ, खोरिया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष आकंक्षा कुमाल, भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर खत्री, गुप्तेश्वर जागरण महिला समूहका अध्यक्ष शर्मिला आचार्य हुनुहुन्छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com