पर्वत । पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाज बितलव, पर्वतले निशुल्क कम्प्युटर तालीम सुरु गरेको छ ।
जिल्लाको कुश्मा नगरपालिका- १० पिपलटारीभित्रको सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न भन्दै समाजले सार्वजनिक बिधालयका शिक्षक स्टाफहरुका लागि निशुल्क तालिमको आयोजना गरेको हो ।
भूपू समाजले आयोजना गरेको तालीमको प्रमुख अतिथि, जनक माबिका प्रधानाध्यापक टेकनाथ अधिकारीले ब्यानर पढेर उद्घाटन गरेका थिए ।दुई चरणमा सम्पन्न हुने तालिमको पहिलो चरण आज जनक माविमा सुरु भएको संस्थाका सचिब सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार जेठ ७ देखि २१ सम्म जनक माबि थुममा र जेठ २२ देखि असार ४ गतेसम्म पूर्णेश्वर मावि, बितलवमा कम्प्युटर तालीम सन्चालन हुनेछ ।
शिक्षकहरुका लागि मागमा आधारित १५ दिने कम्प्युटर तालिम पश्चात् शिक्षकहरुले बिद्यालयमा गर्नुपर्ने धेरै काममा सहजता हुने अपेक्षा राखिएको संस्थाका अध्यक्ष राजु पौडेलले बताए । संस्थाद्वारा दिइने उक्त तालीमको सहजीकरण संस्थाका सहसचिव प्रशिक्षक दामोदर पौडेलले गर्ने छन् ।

समाजका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सन्चालन सचिब सन्तोष पौडेलले गरेका थिए भने प्रशिक्षक दामोदर पौडेलले तलिमका बारेमा जानकारी गराएका थिए । तालिम बिद्यालय खुलेको दिन बेलुका ४:३० देखि ५:३० बजेसम्म सन्चालन हुने आयोजक संस्था पूर्णेश्वर भूपू समाजले जनाएको छ।
समाजले यस अघि कुश्मा १० को सार्वजनिक शिक्षा कसरी सुधार गर्न सकिन्छ ? भन्ने उद्देश्यले विभिन्न चरणमा शैक्षिक कार्यक्रमहरु गर्दै आएको छ भने वडातहमा २१ बुदे शैक्षिक सुधार कार्ययोजना समेत निर्माण भएको छ ।