पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी जवान सुरेन्द्र बहादुर मल्ल चैत महिनाको उत्कृष्ट प्रहरी बन्न सफल भएका छन् । प्रहरी जवान मल्ललाई आज जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले उत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।
सांगठानिक नीति निर्देशन बमोजिम आफूलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दारीता, बफादारीता तथा व्यावसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य गरेकोले “२०७९ चैत महिनाको “उत्कृष्ट प्रहरी” -BEST POLICE OF THE MONTH _ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका मल्लको उत्कृष्ट कार्यको विवरण यस्तो छ–
साङ्गठनिक नीति निर्देशन बमोजिम आफूलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दारी, बफादारी तथा व्यावसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई यस जिल्लामा अपराध सम्बन्धी विभिन्न कसुरमा फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने कार्य गरेको र मिति २०७९।१२।०७ गते कुश्मा न.पा. १ नयाँ पुल स्थित बागलुङबाट कुश्मा तर्फ आउँदै गरेको ग १ ख ९४२५ नं को बसले पैदल यात्री कुश्मा न.पा.–२ खुर्कोट बस्ने वर्ष ६० की देवी पौडेललाई ठक्कर दिँदा घाइते रहेको अवस्थामा निजलाई तत्काल घटनास्थलबाट उपचारको लागि जिल्ला अस्पताल पर्वतमा ल्याई मानवीय क्षति हुन नदिने कार्यमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सूचना सङ्कलन कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेकोले उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतको “२०७९ चैत महिनाको उत्कृष्ट प्रहरी“ -BEST POLICE OF THE MONTH _ घोषणा गरिएको छ ।
