Home विशेष  वक्तृत्वकला प्रतियोगिता सम्पन्न, नमुना माविकी निशाले जितिन् प्रथम पुरस्कार 

 वक्तृत्वकला प्रतियोगिता सम्पन्न, नमुना माविकी निशाले जितिन् प्रथम पुरस्कार 

by ईलालटिन
0 comment
पर्वत । ‘सुरक्षित सूचना प्रविधि: सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ नेपाल सरकार र निजी क्षेत्रले संयुक्त रूपमा कार्यक्रम गरी मनाउने तय भएको राष्ट्रिय सूचना तथा सञ्चार दिवस (२ मे, २०२३) पर्वतमा कम्प्युटर एसोसिएसन अफ नेपाल महासङ्घ पर्वत शाखा (क्यान पर्वत) ले एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने शीर्षकमा मङ्गलवार बिहान कुश्मा बजारको जेसीज सभाहलमा भएको पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा नमुना आवासीय माध्यमिक विद्यालयका छात्रा निशा आचार्य प्रथम भएकी छन् भने नारायण मावि कुश्माका छात्रा सिम्रन शर्मा द्वितीय भएकी छन् । त्यसै गरी विश्वज्योति मावि पकुवा कुश्माका शिवप्रसाद सुवेदीले तृतीय स्थान हासिल गर्न सफल भएका भएका छन् भने पूर्णेश्वर मावि वितलवकी छात्रा दुर्गा कुमारी पुरी र जनक मावि पिपलटारीकी छात्रा हिमानी शर्माले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

कार्यक्रममा नगरभित्रका माध्यमिक विद्यालयहरूले सहभागिता रहेको थियो । यस अघि वक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथि कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले ब्यानर पढेर उद्घाटन गरेका थिए । उनले क्यान पर्वतले समयसापेक्ष कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै सूचना प्रविधिको क्षेत्रमा निरन्तर काम गर्न र यस्तै उपलब्धि देखिने खालका कार्यक्रमहरू आयोजना गर्न क्यान पर्वतलाई सुझाव दिएका थिए । उनले क्यान पर्वतले आयोजना गर्ने हरेक कार्यक्रमहरूमा कुश्मा नगरपालिका सधैँ सहयोग गर्न तत्पर रहेको बताउँदै सूचना प्रविधि दिवसको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा कुश्मा नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ६ का अध्यक्ष ईश्वर गिरीले सूचना प्रविधि दिवसको शुभकामना व्यक्त गर्दै सूचना र प्रविधिको महत्त्वसँगै समयको महत्त्व समेत बुझ्न सबैलाई प्रेरणा मिलोस् भन्दै समयानुकूल कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले सुरक्षित सूचना प्रविधिले मात्र सुशासन र समृद्ध नेपाल बन्न सहयोग पुग्ने धारणा राखेका थिए ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारी, क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । सो वक्तृत्वकला प्रतियोगितामा निर्णायकको भूमिका क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेल, संस्थापक सदस्य किशोर सापकोटा र मोदी गाउँपालिकाका आइटी संयोजक दीपक शर्माले गरेका थिए । कार्यक्रमको अध्यक्षता क्यान पर्वतका अध्यक्ष अच्युत पौडेल, सञ्चालन सचिव भरत सापकोटा र स्वागत कार्यक्रम संयोजक मिलन पौडेलले गरेका थिए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com