Home विशेष “अनिस बोगटी स्मृति कप” फुटबलको उपाधि बागलुङलाई

“अनिस बोगटी स्मृति कप” फुटबलको उपाधि बागलुङलाई

by ईलालटिन
0 comment

पर्वत । पर्वतको कुश्मामा १ लाख राशिका दोस्रो “अनिस बोगटी स्मृति कप”सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बागलुङ सुधार केन्द्र बागलुङले जितेको छ ।

वैशाख ८ गतेबाट कुश्मामा सञ्चालित प्रतियोगिताको हिजो भएको फाइनल खेलमा बागलुङले उपाधि जित्दै १ लाख रुपैयाँ हात पारेको हो ।

पर्वत फुटबल क्लबले आयोजना गरेका प्रतियोगितामा उपविजेता चाहिँ कालीपुल बेनी म्याग्दी भएको छ । उसले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

क्लबका पूर्व खेलाडी अनिस बोगटीको स्मृतिको अवसरमा प्रत्येक वर्ष प्रतियोगिता गरिने लक्ष्य अनुसार दोस्रो “अनिस बोगटी स्मृति कप”सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गणेश सिलवालले बताए । उनले खेलकुद क्षेत्रको प्रवर्द्धनसँगै साथीको सम्झनामा प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा वेस्ट प्लेयर,सर्वाधिक गोल कर्ता,वेस्ट किपर, वेस्ट डिफेन्डर र वेस्ट स्टाइगरलाई समेत पुरस्कार प्रदान गरिएको छ । फुटबल प्रतियोगितामा पोखरा, पाल्पा लगायतका ठाउँका २२ टिमको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com