Home Social कुश्मा नगरपालिका वडा–१० मा विरलै रक्त समूह हुनेहरू १३ जना भेटिए

कुश्मा नगरपालिका वडा–१० मा विरलै रक्त समूह हुनेहरू १३ जना भेटिए

by ईलालटिन
0 comment

पर्वत । पर्वतको वितलवमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा सञ्चालित दुई दिने विद्यार्थी तथा शिक्षकहरूको रक्त समूह पहिचान गर्ने क्रममा विरलै रक्त समूह हुने १३ जना पहिचान गरिएको छ ।

पिपलटारी स्वास्थ्य चौकीका प्रमुख रामबहादुर खड्काले दिएको जानकारी अनुसार १३ जना कम पाइने रक्त समूहका व्यक्तिहरू रहेका छन् । उनका अनुसार “ओ” नेगेटिभ ७ जना, “ए” नेगेटिभ ४ जना, “बी” नेगेटिभ १ जना पहिचान भएका छन् भने अति कम पाइने रक्त समूह “एबी” नेगेटिभ १ जना पहिचान गरिएको छ ।

कुश्मा नगरपालिका वडा–१० का ६ वटा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षकहरूको समूह पहिचानमा हिजो १ सय ९६ जना र आज १ सय ७२ जना गरी जम्मा तीन सय ६८ जनाको रक्त परीक्षण गरिएको थियो ।

पूर्णेश्वर माविमा भएको पहिचान कार्यक्रममा पूर्णेश्वर मावि र सिद्धेश्वर प्राविको सहभागिता रहेको थियो । आज जनक माविमा गरिएको परीक्षणमा जनक मावि, पिपलटारी प्रावि, लाँकुरी प्रावि र धवलागिरि वाल विकास केन्द्रका सहभागिता रहेको थियो ।

पर्वत अस्पतालका ल्याब टेक्निसियन आशिष नेपालीले आजसम्म गरिएको परीक्षणमा पहिलो पटक एबी नेगेटिभ ब्लड पहिचान गरेको बताए । “अति कम व्यक्तिमा मात्र पाउन सकिने यस्ता रक्त समूह पहिचान भएका व्यक्तिहरूले भोलिका दिनमा हुन सक्ने सम्भावित दुर्घटना र क्षतिमा कमी ल्याउन आफ्नो रक्त समूह भएका व्यक्तिहरू खोजी गर्न, सम्पर्क बढाउन र साथी बनाउन जरुरी छ ।”, उनले भने, “रक्त समूह पहिचानले फ्रेस रगत दिनुपर्ने ठाउँमा सहजता हुने र आफ्नो तथा समुदायका व्यक्तिहरूको जीवन रक्षा गर्न सहयोग पुग्ने छ ।”

समाजले रक्त समूह पहिचान समापन कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो दिन जनक माविमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकार शान्त पौडेलले पूर्णेश्वर भूपू समाजले गरेको कामको प्रशंसा गरेका थिए । उनले हेर्दा सामान्य लागे पनि रक्त समूह पहिचान महत्त्वपूर्ण कार्यक्रम रहेकोले यसले भोलिका दिनमा हुनसक्ने दुर्घटना तथा क्षति कम गर्न सहयोग पुग्ने बताए ।

सोही कार्यक्रममा कुश्मा १० का वडा अध्यक्ष रामचन्द्र सुवेदी, जनक माविका प्रधानाध्यापक टेकनाथ अधिकारी, संस्थाका अध्यक्ष राजु पौडेल, नेपाली काँग्रेस पर्वत क्षेत्र (क) का सदस्य लोकप्रसाद अधिकारी, नेकपा एमाले कुश्मा १० का वडा सचिव शोभाखर खनाल, नेकपा माओवादी केन्द्र कुश्मा १० वडा कमिटी अध्यक्ष कृष्ण सुवेदी, संस्थाका सचिव सन्तोष पौडेल, कोषाध्यक्ष शर्मिला सुवेदी तिवारी लगायतले बोलेका थिए ।

समापन कार्यक्रममा पर्वत जिल्लाका क्रियाशील पत्रकार सुमन जङ्ग थापा, पर्वत अस्पतालका ल्याब टेक्निसियन आशिष नेपाली, पिपलटारी स्वास्थ्य चौकीका प्रमुख रामबहादुर खड्का, सी. अहेव रेखबहादुर नेपालीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com