Home राजनीति गुप्तेश्वर स्ववियु सभापतिमा रेग्मीको प्यानलै विजयी

गुप्तेश्वर स्ववियु सभापतिमा रेग्मीको प्यानलै विजयी

by ईलालटिन
0 comment

पर्वत । पर्वतको कुश्मामा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा नेपाल विद्यार्थी सङ्घका सतिस रेग्मी सहित सबै प्यानल विजयी भएको छ ।

नेपाल विद्यार्थी सङ्घका रेग्मीले आफ्ना प्रतिस्पर्धी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी जोस्ना कुँवरलाई हराएका हुन् । रेग्मीले १ सय ३१ मत ल्याउँदा कुँवरले ५३ मत ल्याएकी छिन् ।

२ सय १० विद्यार्थी मतदाता रहेकोमा जम्मा १ सय ८५ जना मतदानमा सहभागी भएकोमा एक भोट चाहिँ कसैलाई पनि नहालेको खाली मतपत्र भेटिएको थियो ।

नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले गठबन्धन गरेर चुनावमा सहभागी भएका हुन् । विजयी स्वतन्त्र विद्यार्थी युनियनको सचिवमा लक्ष्मण रेग्मी, र कोषाध्यक्षमा पवित्रा नेपाली विजयी भएका छन् ।

स्ववियु सदस्यहरूमा पूजा कुमारी पोखरेल, मनीषा परियार र सबिना क्षेत्री विजयी भएका छन् । यी मध्ये कोषाध्यक्ष नेपाली र सदस्यद्धय परियार र क्षेत्री अनेरास्ववियु क्रान्तिकारी र बाँकी सबै नेविसंघमा आबद्ध विद्यार्थी हुन् ।

यस्तै समानुपातिक तर्फ नेपाल विद्यार्थी सङ्घले १ सय २९ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियने ५५ मत ल्याएका छन् ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com