Home विशेष प्रेस युनियनको आफ्नै कार्यालय स्थापना, काँग्रेस सभापतिबाट उद्घाटन

प्रेस युनियनको आफ्नै कार्यालय स्थापना, काँग्रेस सभापतिबाट उद्घाटन

by ईलालटिन
0 comment

पर्वत । लोकतन्त्रवादी सञ्चारकर्मीहरूको साझा छाता संस्था नेपाल प्रेस युनियन पर्वतको कार्यालय तथा सञ्चार श्रोत केन्द्रको शुक्रवार लोकतन्त्र चोक कुश्मामा एक समारोहका बिच उद्घाटन गरिएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उच्च योगदान रहेको नेपाल प्रेस युनियनको स्थापना विसं। २०४८ साल ज्येष्ठ १३ गतेका दिन सञ्चारकर्मी जय प्रकाश प्रसाद गुप्तको अध्यक्षतामा भएको थियो । युनियनको राष्ट्रव्यापी सङ्गठन विस्तारको क्रममा २१ वर्ष पहिले सञ्चारकर्मी युवराज पौडेल, विश्व प्रकाश प्रसाई, रामचन्द्र जोशी, ओम प्रसाद घायल, सुवर्ण विक्रम हमाल लगायतको सक्रियतामा पर्वत शाखा स्थापना भएको थियो ।

नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष एवम् रेडियो समृद्ध नेपालका स्टेसन म्यानेजर उत्तम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था भएता पनि पेसागत रूपमा तथष्ट हुनुपर्ने बताउनु भयो । सञ्चारकर्मीले विकास निर्माणको क्षेत्रमा भए गरेका सकारात्मक कुराहरूलाई प्रोत्साहन गर्दै जन विरोधी कार्यहरूलाई उजागर गर्नुपर्ने उहाँको भनाई थियो । जोशीले पाटीप्रति शुभेच्छा राख्दै गलत कार्य जो कोहीबाट भए पनि स्वतन्त्र एवम् भय रहित रूपमा जनता समक्ष ल्याउन समेत आह्वान गर्नु भयो ।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा।चुडामणी शर्मा, कुनपा वडा नं। ५ का अध्यक्ष रामहरी शर्मा, नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापा, पूर्व अध्यक्ष ओम प्रसाद घायल, प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अँखेली, नेपाल शिक्षक सङ्घ पर्वतका अध्यक्ष केशव प्रसाद भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रेस जगतको अतुलनीय योगदान रहेको भन्दै ऐतिहासिक उपलब्धिलाई संरक्षण गर्न एक भएर अगाडी वढनु पर्नेमा जोड दिनु भएको थियो ।

युनियनका उपाध्यक्ष रोशन तिवारीको स्वागत, उपाध्यक्ष ठाकुर रसाइलीको धन्यवाद एवम् सचिव सुमनजंग थापाको सञ्चालन रहेको कार्यक्रममा अध्यक्ष उत्तम प्रसाद अधिकारीले कार्यालय प्रेस युनियनको भएता पनि स्रोत केन्द्र सबै सञ्चारकर्मीको साझा भएकोले सबैले सेवा लिनका लागि आह्वान गर्नु भएको प्रेस युनियन पर्वतका प्रदेश प्रतिनिधि ईश्वरी प्रसाद शर्माले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com