पर्वत । राधाचन्द्र स्मृति प्रतिष्ठान पर्वतको १५ औँ स्मृति दिवसमा दुर्लुङका दुई विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ भने ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थी लाई नगद सहित सम्मान गरिएको छ ।
प्रतिष्ठानले कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा अवस्थित काफलचौर माध्यमिक विद्यालयमा ५ लाख १ सय ११ रुपैयाँको अक्षयकोष र सूर्य प्रकाश माध्यमिक विद्यालयमा २ लाख १ सय रुपैयाँको अक्षय कोष स्थापना गरेको हो । त्यस्तै कार्यक्रममा दुर्लुङका ज्येष्ठ नागरिक, उत्कृष्ट विद्यार्थी र सामाजिक व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राधा गुरुङ चन्द्र चन्द्र गुरुङ प्रति श्रद्धा सुमन व्यक्त गर्नुभयो । सभापति शर्माले राधा चन्द्रले आफ्नो जीवनकालमा प्रजातन्त्रलाई संस्थागत गर्दै समाजमा खेलेको भूमिकाको स्मरण गर्दै प्रशंसा गर्नुभयो । सभापति शर्माले राजनीतिक पदमा बस्ने तर जनताका पक्षमा काम नगर्दा आज राजनीति र नेता प्रति वितृष्णा आएको बताउनुभयो । उहाँले राजनीति र सामाजिक सेवा गर्ने व्यक्तिले क्षणिक पद मात्रै हैन सधैँ भरी सम्मान पाउने गरी काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य काँग्रेस पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, निवर्तमान सङ्घीय सांसद लालकाजी गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवर, कुश्मा नगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेसका गण्डकी प्रदेश सह महामन्त्री रामचन्द्र जोशी, राप्रपा केन्द्रीय इच्छा बहादुर गुरुङ, काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता काफ्ले लामिछाने, नेपाली कङ्ग्रेस पर्वतका उपसभापति डाक्टर चुडामणि शर्मा, नेपाली काँग्रेस पर्वतका निवर्तमान सचीव विश्व प्रकाश प्रसाईं, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि खगेन्द्र प्रसाद तिवारी, महाधिवेशन प्रतिनिधि वसन्त बहादुर सिके, काँग्रेसका वरिष्ठ नेता राम शर्मा पौडेल राप्रपा पर्वतका अध्यक्ष प्रभु गुरुङ, कुश्मा ३ दुर्लुङ्गका वाड अध्यक्ष तेज प्रसाद पाध्या लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम बारे प्रकाश प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङ र राधाचन्द्रको जीवनी रेग्मी राज शर्माले प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लेख बहादुर गुरुङको अध्यक्षता स्वागत प्रतिष्ठानका सह सचिव प्रितम गुरुङ र सञ्चालन सचिव उत्तम अधिकारीले गर्नुभएको थियो ।