Home विशेष पर्वतका सुशांक अन्तर्राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा दोस्रो

पर्वतका सुशांक अन्तर्राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा दोस्रो

by ईलालटिन
0 comment

पर्वत। भुटानको थिम्पुमा आयोजित अन्तर्राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको छ ।

‘बे अफ बंगाल इनिसियटिभ फर मल्टी-सेक्टरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेशन’ (बिमस्टेक) को रजत जयन्तीको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा नेपालका प्रतिनिधि छात्र – छात्रा सुशांक पौडेल र आयुशा बोहराले दोस्रो स्थान हासिल गरेका हुन् ।

प्रतियोगितामा बाङ्लादेश, भुटान, ईन्डिया, म्यानमार, नेपाल, श्रीलकां र थाइल्याण्डका कुल १४ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । भुटानका परराष्ट्र तथा बाह्य व्यापारमन्त्री एचई टाँडी ​​दोर्जीको प्रमुख आतिथ्यमा संम्पन्न उक्त कार्यक्रम ढाका बिमस्टेक सचिवालय र भुटानको विदेश मामिला तथा बाह्य व्यापार मन्त्रालयको सहकार्यमा आयोजना भएको थियो ।

क्षेत्रीय सहयोग र एकीकरणमा युवाहरुको महत्वलाई मान्यता दिँदै सचिवालयले यस्तो प्रकृतिको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जनाइएको थियो । प्रतियोगितामा नेपालका लागि दोस्रो स्थान हासिल गर्न सफल सुशांक र आयुशा दुवैजना बूढानीलकण्ठ स्कुलका विद्यार्थी हुन् । सुशांक चाहिँ पर्वत फलेवास घर भएका हुन् । प्रतियोगितामा प्रथम स्थान श्रीलकांले हासिल गरेको छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com