पर्वत । पर्वतको एउटा प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले गठबन्धन दलका उम्मेदवारलाई हराउँदै विजयी बनेका छन् ।
प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पदम गिरीले २९ हजार ८ सय ७२ मत ल्याएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अर्जुन प्रसाद जोशीले २७ हजार ६ सय ९ मत ल्याएका छन् । उनीहरु बिचको मतान्तर २ हजार २ सय ६३ रहेको छ ।
गिरीले यस अघि २०७४ को प्रतिनिधि सभाको चुनावमा पनि जोशीलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । पराजित जोशीले २०५६, २०६४ र २०७० को चुनाव जितेर ह्याट्रिक गरेका थिए ।
यस निर्वाचन क्षेत्रमा कुल मतदाता सङ्ख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये जम्मा ६६ हजार २ सय २६ मत खसेको थियो ।

पर्वतको प्रदेश सभा १ मा नेकपा एमालेका भक्त कुँवर विजयी बनेका छन् । उनले गठबन्धन दलका साझा उम्मेदवार नेकपा माओवादीका सुदिप कुँवरलाई २ हजार ३ सय ३९ मतान्तरले पराजित गरेका हुन् ।
विजयी कँवरले १६ हजार ८१ मत ल्याउँदा पराजित कुँवरले चाहिँ १३ हजार ७ सय ४२ मत ल्याएका छन् । यस निर्वाचन क्षेत्रमा ६८ हजार ८८ मतदाता रहेकोमा जम्मा ३७ हजार ९ सय १० मत खसेको थियो ।
पर्वतको प्रदेश सभा २ मा पनि नेकपा एमालेकै मित्रलाल बस्याल विजयी बनेका छन् ।
उनले गठबन्धन दलका साझा उम्मेदवार नेपाली काँग्रेसका ऋषिकेश तिवारीलाई १ हजार ९ सय २२ मतान्तरले पराजित गरेका हुन् ।
विजयी् बस्यालले १४ हजार १ सय ३२ मत ल्याउँदा पराजित तिवारीले चाहिँ १२ हजार २ सय मत !) ल्याएका छन् । स निर्वाचन क्षेत्रमा ५४ हजार ५ सय ६१ मतदाता रहेकोमा जम्मा २८ हजार ३ सय १६ मत खसेको थियो ।