Home जनप्रतिनिधि मतगणना जारी, काँग्रेसका जोशीको अग्रता कायमै  

मतगणना जारी, काँग्रेसका जोशीको अग्रता कायमै  

by ईलालटिन
0 comment

पर्वत । पर्वतमा प्रतिनिधिसभा तर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका अर्जुन प्रसाद जोशीको अग्रता कायमै रहेको छ ।

जोशीले ८ हजार ४२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार पदम गिरीले चाहिँ ७ हजार ३ सय ४४ मत ल्याउनुभएको छ । दुई उम्मेदवारबिचको मतान्तर ६ सय ९८ रहेको छ । हिजो सोमबार दिउँसो ४ बजेदेखि मतगणना सुरु भएको हो ।

प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका सुदीप कुँवरले ७ हजार १ सय ८० मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकाका भक्त कुँवर भन्दा अघि देखिनुभएको छ । एमालेका कुँवरले ७ हजार ८ सय ४७ मत पाउनु भएको छ । उहाँहरू बिचको मतान्तर ३ सय ३३ रहेको छ ।

प्रदेशसभा (ख) मा नेकपा एमालेका मित्रलाल बस्यालले अग्रता कायम राख्दै आउनुभएको छ । उहाँले ७ हजार ७ सय ९६ मत ल्याउँदा प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले चाहिँ ६ हजार २ सय ४४ मत पाउनुभएको छ । उहाँहरुबिचको मतान्तर १५ सय ५० रहेको छ ।

प्रतिनिधि सभामा अहिलेसम्म १७ हजार ४८ मतगणना भएको छ भने प्रदेश सभा (क) मा १७ हजार १ सय ३९ र (ख) मा १४ हजार ५ सय ६३ मतगणना गरिएको छ । बदर मत चाहिँ प्रतिनिधि सभातर्फ ६ सय ८ प्रदेश (क)मा ४ सय ८८ र (ख)मा ३ सय ३६ मत बदर भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार  १ लाख २२ हजार ६ सय ४९ जना मतदाता रहेको पर्वतमा ६६ हजार २ सय ७३ मत अर्थात् जम्मा ५४ प्रतिशत खसेको थियो । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा सत्तारुढ गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलका उम्मेदवार चुनावी मैदानमा भिडेका थिए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com