Home जनप्रतिनिधि सर्वदलीय बैठक सम्पन्न –पर्वतमा दिउँसो १ बजेदेखि मतगणना हुने

सर्वदलीय बैठक सम्पन्न –पर्वतमा दिउँसो १ बजेदेखि मतगणना हुने

by ईलालटिन
0 comment

पर्वत । पर्वतको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सोमबार दिउँसो १ बजेदेखि सुरु गरिने भएको छ ।

केही समय अघि सम्पन्न सर्वदलीय बैठकमा १ बजेदेखि मतगणनाका लागि सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रवक्ता राजु ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार राती १२ बजे नै सबै मतदान केन्द्र«का मतपेटिका मतगणना स्थलमा आइसकेका छन् ।

“यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको छ । पर्वतको कुल मतदाता सङ्ख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ मत खसेको छ ।”, उहाँले भन्नुभयो, “केही ठाउँमा मतदातालाई मतपत्र दिने बेलामा केही सामान्य समस्या बाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।”

एउटा मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको पर्वतमा १२ जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागिता जनाएका छन् । तर, मुख्यतः गठबन्धन दलबाट नेपाली काँग्रेसका उम्मेदवार अर्जुन प्रसाद जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरीबिच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेश सभातर्फ चाहिँ दुई वटा निर्वाचन क्षेत्र रहेको छ । प्रदेश सभा सदस्य (क) मा गठबन्धन दलबाट नेकपा माओवादीका सुदिप कुँवर र नेकपा एमालेका भक्त कुँवर उम्मेदवार बनेका छन् ।

यस्तै प्रदेश सभा सदस्य (ख) मा चाहिँ गठबन्धन दलको तर्फदेखि नेपाली काँग्रेसका ऋषिकेश तिवारी र नेकपा एमालेबाट मित्रलाल बस्याल उम्मेदवार बनेका छन् । यिनै उम्मेदवारबिचमा नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com