पर्वत । पर्वतमा हिजो नै मतगणना गर्ने भनिए पनि अहिलेसम्म मतगणना हुन चाहिँ सकेको छैन । बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना हुने भनिएको थियो । तर, बैठक भर्खर बस्दै गरेको जानकारी प्राप्त भएको छ ।
निर्वाचन सम्पन्न भएपश्चात् मङ्सिर ४ गते राती १२ बजेसम्म सबै स्थानको मतपेटिका मतगणना स्थलमा आइसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । बैठक सकिए लगत्तै मत गणना सुरु गरिने बताइएको छ ।
यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको छ । पर्वतको कुल मतदाता सङ्ख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ मत खसेको हो ।
