Home राजनीति स्थिर समयमा के-के गर्न पाइँदैन ? हेर्नुस् …

स्थिर समयमा के-के गर्न पाइँदैन ? हेर्नुस् …

by ईलालटिन
0 comment

काठमाडौं । निर्वाचन हुने दिनभन्दा ४८ घण्टाअघिको समयलाई यस पटक निर्वाचन आयोगले ‘स्थिर समय’ नाम दिएको छ। यसअघि मौन अवधि वा शून्य समय भन्दै आएको ४८ घण्टाअघिको अवधिलाई स्थिर समय भनिएको हो।

यो अवधिमा कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार गर्न पाइँदैन। यो अवधिमा सामाजिक सञ्जालमा राखिएको विज्ञापन पनि हटाउनुपर्नेछ भने मत माग्ने कुनै काम गर्न पाइँदैन।

आयोगले विभिन्न ८ बुँदामा स्थिर समयमा गर्न नपाइने कामको सूची सार्वजनिक गरेको छ। यस्तो छ आज, भोलि र निर्वाचन सम्पन्न नहुञ्जेल पालना गर्नुपर्ने आचारसंहिता।

१. निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, गोष्ठी, कार्यशाला आदि गर्न पाइँदैन।

२. मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री हटाउनुपर्छ।

३. सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न/गराउन हुँदैन।

४. निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा यस्ता कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन।

५. मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टाअघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्‍याउने काम गर्नु हुँदैन।

६. बाजा बजाउन, नाच गान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न/गराउन हुँदैन।

७. मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भङ्ग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न/गराउन हुँदैन।

८. राजनीतिक दल वा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com