Home कृषि रहरले जगाएको कालिज पालन व्यावसायिक बन्दै

रहरले जगाएको कालिज पालन व्यावसायिक बन्दै

by ईलालटिन
0 comment
आफ्नो रहर पूरा गर्न पर्वत सदरमुकाम कुश्माकी चन्द्रा पौडेल क्षत्रीले केही कालिज ल्याएर घरमा हुर्काइन् । कालिज किन्न चाहनेहरूको तँछाडमछाड नै भयो । विक्रीका लागि बजार पाउन समस्या नहुने देखेपछि रहरमा मात्रै सीमित चन्द्राको कालिज पालनले व्यावसायिक रूप लिन सफल भयो ।
चार वर्ष अघि डेढ सय वटा चल्लाबाट सुरुवात गरिएको कालिज अहिले ३५ सय भन्दा बढी छन् । कालिज सँगै लोकल कुखुरा, टर्की, लौकाट, कडकनाथ, बट्टाई लगायतका पंक्षीहरु समेत पालन गरिएको छ । चल्ला उत्पादन पनि यहीँ नै हुने भएकाले यस वर्ष मात्रै कालिज र लोकल कुखुराको चल्ला ५० लाख बराबरको विक्री भएका छन् ।
पोखरा—बागलुङ राजमार्ग छेउको ओडारेमा १८ रोपनी जग्गामा गरिएको यस कालिज पालनबाट राम्रै आम्दानी भएको चन्द्राले सुनाइन् । उनलाई श्रीमान् मनोज पौडेलले सघाउँदै आएका छन् । यहाँका कालिजहरू स्थानीय बजारमै खपत हुने गरेको छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com