Home TV पर्वतमा रेलको स्टेशन खोई ? उहिलेको रेल ल्याएर हामले ल्याएँ भनेर बेवकुफ बनाउने ? अध्यक्ष पुन

पर्वतमा रेलको स्टेशन खोई ? उहिलेको रेल ल्याएर हामले ल्याएँ भनेर बेवकुफ बनाउने ? अध्यक्ष पुन

by ईलालटिन
0 comment

पर्वत । आज हामीले जनता समाजवादी पार्टी पर्वतका अध्यक्ष नविन पुनसँग सम्वाद गरेका छौँ । पुनले हामीसँगको सम्वादमा पुष्पकमल दहाल र खड्क प्रसाद ओलीबीचको एकतालाई तोरी र कोदोको संज्ञा दिएका छन् ।

तर, उनले को तोरी, को चाहिँ कोदो भन्न चाहेका छैनन् । सँगै पुनले प्रचण्ड राजनैतिक एजेण्डाबाट बिमुख भएर भ्रष्टाचारी एजेण्डामा लागि परिरहेको आरोप समेत लगाउन भ्याए ।

बाबुरामलाई त भारतको योजनामा काम गर्ने पात्रका रुपमा बुझिन्छ नि ? भन्ने प्रश्नमा चाहिँ पहाडीया चिन्तनका कारण हेर्ने दृष्टिकोणमा समस्या आएको हुन सक्ने भन्दै आफ्ना नेता बाबुरामको बचाउ पनि गरे ।

सँगै प्रधानमन्त्री केपि शर्मा ओलीले पर्वतमा रेलको स्टेशन बन्ने बारे केही वर्ष अघि सार्वजनिक रुपमै बोलेको कुरालाई नेता पुनले गफको संज्ञा दिएका छन् ।

नेता पुनले आक्रोश हुँदै प्रश्न गर्छन, “पर्वतमा रेलको स्टेशन खोई ? जयनगरमा उहिले सम्झौता भएको रेल ल्याएर हामले ल्याएँ भनेर जनतालाई बेवकुफ बनाउने ?”
यि लगाएतका विषयहरु संवादका क्रममा समेटिएका छन् । हेर्नुहोस (भिडियो)

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com