पर्वत । आज हामीले मध्य पहाडी लोकमार्ग अन्र्तगतको पर्वत सकड खण्डका बारेमा फिल्ड रिपोटिङ गरेका छौँ ।
जिल्लाको सदरमुकाम कुश्मादेखि कास्की र पर्वत जिल्लालाई छुट्याउने साविकको धौलागिरी प्रवेशद्धार सम्मको यात्रा तय गरेका हौँ । सडकका बारेमा क्यामरामा जे कैद भयो त्यही नै देखाएका छौँ ।
यस रिपोटिङमा कसैलाई आरोप लगाउने भन्दा पनि बढी, यस सडकमा यात्रा गर्ने यात्रुहरुलाई सावधानी अपनाउन सहज बनोस भन्नका लागि मात्र हामीले फिल्ड रिपोटिङ गरेका हौँ ।
कमसेकम पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङ यात्रा गर्ने यात्रुहरुलाई यस सडक खण्डको अवस्थाबारे जानकारी पुगोस र त्यही अनुरुपको सुरक्षा रणनीति बनाएर गन्तब्यसम्मको दुरी नाप्नु होस्, भन्नलाई हामीले फिल्ड रिपोटिङ गरेका हौँ ।
अन्त्यमा हामी यो पनि भन्न चाहन्छौँ कि, यस सडक खण्डको जिम्मा लिएर अलपत्र पार्ने मात्र नभई, यात्रुहरुको ज्यान धरापमा पार्ने खेलमा सामेल हरेक पात्रहरुको विषयमा अर्का रिपोटिङका शृङ्खलाहरुमा उत्खन्न गर्ने नै छौँ । (भिडिया)
