Home पत्रपत्रिका स्याङजा पहिरो : एकै परिवारका ९ जनाले ज्यान गुमाए

स्याङजा पहिरो : एकै परिवारका ९ जनाले ज्यान गुमाए

by ईलालटिन
0 comment

पोखरा । स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाको  मृत्यु भएको छ ।

वालिङ-१४ तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जिवितै उद्धार गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।

पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा मृत्यु भयो । उमा र माया दिदीबहिनी हुन् । दीपक, कुलदीप, विक्रम र विवश उनका छोराहरु हुन् । बिनिता र कुलदीपसहित उनका ७ महिने शिशलाई पनि पहिरोले ज्यान लिएको छ ।

पहिरोमा पुरिएर घाइते बनेकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा ल्याइएको छ । बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका-४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परिवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

अनलाइनखबर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com