Home बुलेट न्युज वर्षाले देश जलमग्न, यस्तो छ ठाउँठाउँमा खतरा

वर्षाले देश जलमग्न, यस्तो छ ठाउँठाउँमा खतरा

by ईलालटिन
0 comment

काठमाडौं । देशभर हाल भारी वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको र न्युन चापिय क्षेत्र उत्तर–पूर्वमा सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १(२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ ।

काठमाडौं उपत्यकामा चार दिनदेखि लगातार वर्षा भइरहेको छ । मध्यरात यतामात्रै ३५ मिलिमिटर वर्षा काठमाडौं उपत्यकामा भएको छ । आगामी १२ घण्टासम्म निरन्तर बादल लागी वर्षा हुने मौसमविद् डा समीरमणि दीक्षितले बताएका छन् ।

त्यस्तै नेपाल बाढी सूचनाले बुटवलको तिनाउनदीमा बाढी आई जलसतहले खतरातह पार गरेको तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने जनाउँदै होचा स्थानमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै नारायणीनदीमा बाढी आई देबघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको, खतरा तह आसपास पुग्न सक्ने भएकोले चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरूले दिनभरिनै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

वर्षाका कारण पहिरो जाँदा मुख्यमुख्य राजमार्गहरु अवरुद्ध हुन पुगेका छन् । त्यसैगरी साना सडकखण्डहरु पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।

सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १(२ स्थानहरुमा अति भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षा शनिबारैसम्म हुने महाशााखाले जनाएको छ ।

असोज ९ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १(२ स्थानहरुमा अति भारी वर्षाको  समेत संभावना रहेको छ।

रातिः देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको  समेत संभावना रहेको छ।

असोज १० गते (शनिबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का  १-२ स्थानहरुमा भारी वर्षाको  समेत संभावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com