Home Export सप्तकोसीमा पानीको बहाव बढ्यो, डुंगा चलाउन प्रतिबन्ध

सप्तकोसीमा पानीको बहाव बढ्यो, डुंगा चलाउन प्रतिबन्ध

by ईलालटिन
0 comment

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी जिल्ला प्रशासनले नदीमा डुंगा चलाउन पूर्ण रूपमा रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्न समेत प्रतिबन्ध लगाइएकोे छ ।

प्रशासनले कोसीको बाँध त-था स्पर र नोज अनुगमन कार्यलाई निरन्तरता दिएको छ । सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ । यद्यपि, प्रशासनले नदीको बहाव बढ्दो क्रममा देखिए पनि अहिलेसम्म कहीँ कतै खतरा नरहेको जनाएको छ ।

कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टायता बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोसीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पछिल्लो मापनानुसार सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख २६ हजार ५०५ क्युसेक रहेको छ । ब्यारेजका १६ ढोका खोलिएका छन् ।

नदीको बहाव बढ्दो क्रममा रहे पनि सबै तटबन्ध तथा स्परहरू सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले कहीँ कतै कटानको खबर नरहेको जानकारी दिए । प्रजिअ यादवले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको बताए । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com