Home Export वर्षाका कारण विभिन्न ठाउँमा उडान अवरुद्ध

वर्षाका कारण विभिन्न ठाउँमा उडान अवरुद्ध

by ईलालटिन
0 comment

काठमाडौं । मंगलबार बिहानैदेखि भारी वर्षा भएका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भारी वर्षाका कारण समयमै उडान हुन नसकेका हुन्। विमानस्थलका अनुसार लुक्ला, पोखरा, धनगढी, नेपालगन्ज, भैरहवा, सुर्खेत, तुम्लिङटार, भद्रपुर विमानस्थलमा उडान डिले भएको हो।

काठमाडौं विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।केहीबेर अघि भद्रपुरमा उडान शुरू भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। काठमाडौंको मौसम राम्रो भए पनि अन्य गन्तब्यहरूमा मौसममा खराबी आउँदा उडान समयमै हुन नसकेको विभानस्थलले जानकारी दिएको छ। मौसम खुल्ने क्रममा रहेकाले केहीबेरपछि उडान नियमित हुनसक्ने विमानस्थलले जनाएको छ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com