Home बुलेट न्युज पोखरामा विद्यार्थी पठनपाठन गराएको आरोपमा होस्टेल संचालिका पक्राउ

पोखरामा विद्यार्थी पठनपाठन गराएको आरोपमा होस्टेल संचालिका पक्राउ

by ईलालटिन
0 comment

 पोखरा।– पोखरा ४ गैह्र्रापाटन स्थित अलब्राईट होस्टेल संचालिका सनसरी श्रेष्ठलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

कोरोना संक्रमणका क्रममा नेपाल सरकारद्वारा निशेधित होस्टलमा विद्यार्थी राखेर पठनपाठन गराएको आरोपमा प्रहरीले उक्त संस्थाकी संचालिका पोखरा-८ न्यूरोड निवासी ३२ वर्षीया श्रेष्ठलाई पक्राउ गरेको हो ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा निशेधित होष्टल, स्कुल, व्यायमशाला, धार्मिक स्थल लगायतका भिडभाड हुने स्थानहरु सञ्चालन नगर्ने नगराउने निर्णायको विरुद्दमा कार्य गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो  ।

पक्राउ गरिएकी श्रेष्ठलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाईएको प्रहरीले जनाएको छ  ।पोखरा न्यूज

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com