Home समाचार नेपाली र भारु नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ

नेपाली र भारु नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ

by ईलालटिन
0 comment

रौतहट । रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाबाट सई जयराम यादवको कमान्डमा गएको टोलीले बंकुल चोकबाट भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोट सहित पक्राउ गरेको हो।

सक्सेनाको साथबाट नेपाली एकहजार दरको ५० थान, भारु २ हजार दरको २३ थान र भारु ५ सय दरको १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले जानकारी दिए । नेपाली र भारु नक्कली नोटसहित एकजना भारतीय नागरिक रौतहट आएको  सूचनाको आधारमा सक्सेनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com