Home समाचार टेकु अस्पतालमा कुष्ठरोगीको उपचार सुरु

टेकु अस्पतालमा कुष्ठरोगीको उपचार सुरु

by ईलालटिन
0 comment

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल -तथा सरुवारोग अस्पतालले कुष्ठरोगका बिरामीको उपचार गर्न सुरु गरेको छ । अस्पतालले एक साता अघिदेखि कुष्ठरोगीको उपचार सुरु गरेको हो ।

एक सातामा १० जना बिरामीले उपचारपछि औषधि सेवन गरिहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । कुष्ठरोग उपचारका लागि अस्पतालमा रिफरल क्लिनिक र टेलिमेडिसिन केन्द्र स्थापना गरेर सेवा दिन सुरु गरिएको उनले बताए ।

-कुष्ठरोगका बिरामीलाई अन्य स्वास्थ्य संस्थाहरुले समेत रिफर गरी टेकु अस्पतालमा उपचारका लागि पठाउने गरेको उनले बताए । कुष्ठरोग उपचारका लागि अब आनन्दवन अस्पतालमा जानुपर्ने बाध्यता अन्त्य भएको  सूचना अधिकारी गौतमले बताए ।रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com