Home समाचार पशुपतिको वनकालीमा साइकल चलाएर दुःख दिएको आरोपमा भ्लगरलाई सम्झाइ बुझाई

पशुपतिको वनकालीमा साइकल चलाएर दुःख दिएको आरोपमा भ्लगरलाई सम्झाइ बुझाई

by ईलालटिन
0 comment

काठमाडौं । सार्वजनिक ठाउँमा साइकल चलाएर दुःख दिएको आरोपमा ट्राफिक प्रहरीले भ्लगर तथा राइडरलाई सम्झाई बुझाई गरेको छ । भ्लगर राजकुमार थापामगर र अर्का एक राइडरलाई सम्झाइ बुझाई गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एपी सञ्जीव शर्माले रातोपाटीलाई बताए ।

केही दिनअघि राइडर राजकुमार थापाले पशुपति मन्दिर क्षेत्रको वनकाली मन्दिरमा साइकल स्टन्ट गर्दा अर्का एक सर्वसाधारणलाई ठक्कर लागेको थियो । त्यसबारे ट्राफिक प्रहरीको फेसबुक र ट्विटरमा कम्प्लेन गरेपछि बोलाएर सम्झाइएको एसपी शर्माले जानकारी दिए ।

उपत्यका ट्राफिक प्रहरी कार्याल-यका डिएसपी जयशंकर शर्माले सार्वजनिक ठाउँमा स्टन्ट गर्दा सर्वसाधारणले खेप्ने हैरानीबारे राइडरहरुलाई काउन्सिलिङ गरेका छन् । शारिरिक शक्तिबाट चल्ने सवारी साधन लापरवाहीपूर्वक चलाउनेलाई कारवाही गर्ने कानुन नभएको हुनाले ट्राफिक प्रहरीले सम्झाइ बुझाइ गरेको हो । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com