Home समाचार फोहोर व्यवस्थापनमा सहयोग गर्न बालेनको हारगुहार, मुख्यमन्त्री पाण्डेसँग गरे यस्तो आग्रह

फोहोर व्यवस्थापनमा सहयोग गर्न बालेनको हारगुहार, मुख्यमन्त्री पाण्डेसँग गरे यस्तो आग्रह

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौंलाई फोहोर मुक्त बनाउने एजेण्डासहित स्थानीय निर्वाचनमार्फत मेयरमा विजयी भएका बालेन्द्र शाह (बालेन) सो बाचा पूरा गर्न दौडधूप गरिरहेका छन् । काठमाडौंको फोहोर फाल्ने गरिएको सिसडोलका स्थानीयले अवरोध पुर्याउँदा यतिवेला उनलाई पहिलो गाँसमै ढुंगा भनेझैं भएको छ ।

अघिल्लो स्थानीय सरकारले गरेका प्रतिवद्धता पूरा गर्नुपर्ने मागसहित सिसडोलबासी आन्दोलनमा उत्रिएपछि मेयर शाह संघीय र प्रदेश सरकारसँग सहयोगको आग्रह गरिरहेका छन् । तर तीनै तहको सरकारबीच उचित समन्वय हुन नसक्दा काठमाडौंमा फोहोरको थुप्रो लागिरहेको छ ।

यसैक्रममा मेयर शाहले आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेर राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन् । जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छन्। सिसडोलबासीको माग सम्बोधन गर्न साहले  प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग पनि परामर्श गरिरहेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com