Home समाचार बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, सयौं घाइते

बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, सयौं घाइते

by ईलालटिन
0 comment

काठमाडौं । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको  भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करिव १०० जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् । आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने ।

अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए । आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्नि नियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए । चटगाउँका प्रमुख चिकित्सक इलियास चौधरीले आगलागीमा कम्तीमा ५ जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएको बताए । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com