काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त रहे पनि अहिले शिक्षक पदपूर्ति नगर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ। विद्यालयहरूमा शिक्षकको पद रिक्त रहे पनि तत्काल पदपूर्ति प्रक्रिया नगर्न केन्द्रले निर्देशन दिएको हो।
शिक्षक दरबन्दी मिलान गर्ने काम भइरहेकोले शिक्षक पदपूर्तिको काम नगर्न भनिएको केन्द्रले जनाएको छ। केन्द्रले जेठ १९ मा पत्राचार गर्दै खुद पुल दरबन्दी शिक्षक रहेका स्थानीय तहहरूले असार १५ भित्र केन्द्रमा विवरण पठाउन निर्देशन दिएको छ।
रिक्त खुद पुल दरबन्दी यस कन्द्रमा नपठाउने स्थानीय तहको हकमा खुद पुल दरबन्दी बराबरको शिक्षक तलव भत्ता निकास नहुने भएकोले खुद पुल दरबन्दी यस केन्द्रमा पठाउने व्यवस्था गरी शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न गर्न र खुद पुल दरबन्दी रिक्त रहेका तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि व्यहोराले पदपूर्ति नगर्नु नगराउनु हुन समेत अनुरोध छ,’ केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले पठाएको पत्रमा भनिएको छ। सेतोपाटी ।
