Home अर्थ/वाणिज्य शेयर बजार सम्बन्धी वर्कसप तथा तालिम कार्यक्रम सञ्चालन

शेयर बजार सम्बन्धी वर्कसप तथा तालिम कार्यक्रम सञ्चालन

by ईलालटिन
0 comment

काठमाडौं । प्रभु क्यापिटल (PBCL)ले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुकोलागि शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम जेष्ठ ९ गते शुरु भएको कार्यक्रम जेष्ठ ११ गते सम्म ३ दिन चलेको थियो । सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिकालागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सो वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेका थिए । मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com