Home समाचार बागमती प्रदेश : जेठ १३ गते वर्षे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

बागमती प्रदेश : जेठ १३ गते वर्षे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

by ईलालटिन
0 comment

मकवानपुर ।  बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले जेठ १३ गते विहान ११ बजे वर्षे अधिवेशन आह्वानको लागि सिफारिस गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरुलाई उपचार खर्च स्वरुप  ५० हजार रुपैयाँ दिने गरी कार्यविधि पास गरेको छ । सरकारले यसअघि नै हृदयघात, मस्तिस्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका विरामीहरुलाई उपचारको लागि ५० हजार दिने निर्णय गरेको थियो । तर, कार्यविधि नबन्दा सर्वसाधारण जनताले सो सेवा प्राप्त गर्न समस्या भइरहेको अवस्थालाई मध्येनगर गरी आजै कार्यविधि पास गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिएका छन् ।

-त्यसैगरी सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत बृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको छ । ‘बृद्धाश्रममा जाडो महिनामा बृद्धबृद्धाहरुलाई आगो ताप्नको लागि दाउरा आवश्यक पर्ने भएपनि समस्या भइरहेको थियो, त्यस्तै घाटमा शव जलाउनको लागि पनि दाउरा आवश्यक हुन्छ । हामीले यो समस्या समाधानको लागि दाउराको सहज आपूर्तिको प्रबन्ध मिलाउने निर्णय गरेर सम्बन्धित निकायमा जानकारी गराइसकेका छौँ ।’ मन्त्री खनालले भने । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com