Home समाचार १३ मतले हराउँदै कांग्रेसले खोस्यो अर्थमन्त्री जनार्दन शर्माको गृहपालिकाको मेयर

१३ मतले हराउँदै कांग्रेसले खोस्यो अर्थमन्त्री जनार्दन शर्माको गृहपालिकाको मेयर

by ईलालटिन
0 comment

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।अर्थमन्त्री जनार्दन शर्माको गृह पालिका मुसिकोटमा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतले पराजित गर्दै कांग्रेसका महेन्द्र केसी मेयर बनेका हुन्।महेन्द्र ६९१४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी बसन्तले ६९०१ मत प्राप्त गरे।

मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको थियो। तर उपमेयरमा एमालेका उम्मेदवार थलबहादुर ओली भने पराजित भएका छन्। माओवादीले मुसिकोटमा एकीकृत समाजवादीसँग मात्र तालमेल गरेको थियो।उपमेयरमा एकीकृत समाजवादीका विमलकुमार पुनमगर विजयी भएका छन्। विमलले ६१४० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले भने ५९८५ मत मात्र ल्याउन सके।

अर्थमन्त्री शर्माको वडामा पनि कांग्रेस विजयी भयो।वडा नं. ५ मा नेपाली कांग्रेसका समिरजंग मल्लेले वडाध्यक्ष जिते। २०७४ सालमा यो वडामा नेकपा माओवादी केन्द्रका सुशील गौतमले जितेका थिए। फेरि पनि उनै गौतम वडाध्यक्षमा भिडे पनि मल्लसँग पराजित भएका छन्। -अर्थमन्त्री शर्मा यसपटक पनि झन्डै दुई हप्ता आफ्नो पार्टीको लागि माहोल निर्माण गर्न गृह जिल्लामा गएर बसेका थिए। त्यो बीचमा रूकुममा कांग्रेस र माओवादीका बीचमा झडपहरू पनि भएका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com