Home समाचार रौतहटको कटहरियामा चुनाव हारेपछि निवर्तमान वडाध्यक्षले कुटपिट गरेको आरोप

रौतहटको कटहरियामा चुनाव हारेपछि निवर्तमान वडाध्यक्षले कुटपिट गरेको आरोप

by ईलालटिन
0 comment

रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ का नेपाली काँग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट गरेको आरोप छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी पराजित भएका थिए । निर्वाचन हारेपछि उमेश यादवले छिमेकी कृषनन्दन यादव र उनकी पत्नी रिता देवीसँग झगडा गरेका छन् । झैझगडा हुँदा उनीहरूमाथि कुटपि-ट गरिएको आरोप छ । कृषनन्दन यादवको टाउकोमा चोट लागेको छ ।

रिता देवीको पनि शरीरमा चोट लागेको बताइएको छ । घाइते दम्पतीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार भइरहेको छ । निर्वमान वडा अध्यक्ष र कृषनन्दको बीचमा पुरानो रिसिइबीका कारण सामान्य झगडा भएको रौतहटका एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । उनले भने–‘पुरानो रिसिइबिका कारण सामान्य झगडा भएको हो, पूर्व सूचनाको आधारमा प्रहरी परिचालन गरेको हुनाले ठुलो झगडा भएन ।’ निवर्तमान वडा अध्यक्ष उमेश यादवले आफूले कुटपिट गरेको अस्वीकार गरेका छन् । इलाका प्रहरी कार्यालय कटहरियाले घटनाबारे छानबिन भइरहेको जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com