पर्वत । पर्वतको बिहादी गाउँपालिकाको पनि नतिजा सार्वजनिक भएको छ । गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका प्रविन गुरुङ अध्यक्षमा विजयी बनेका छन् ।
उनले नेकपा एमालेका ओम कुँवरलाई पराजित गरेका हुन् । गुरुङले ३ हजार ४ सय ६९ मत ल्याउँदा कुँवरले चाहिँ २ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भने नेकपा एमालेकी उम्मेदवार मिना कुमारी शर्मा तिवारीले ३ हजार २ सय २७ मत पाएर विजयी बनेकी छिन् ।
उनका प्रतिस्पर्धी माओवादीका सन्त बहादुर गुरुङले ३ हजार ५० मत पाएका छन् ।

२०७४ को स्थानीय तहको चुनावमा भने यस पालिकाको नेतृत्व नेकपा एमालेले गरेको थियो ।