पर्वत । पर्वतको कुश्मा नगरपालिकाको नगर प्रमुखमा गठबन्धन दलको तर्फदेखि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशी विजयी भएका छन् ।
जोशीले नेकपा एमालेका गणेश शर्मा पौडेललाई ७ सय ७५ मतान्तरले जितेका हुन् । निर्वाचित जोशीले ९ हजार ८ सय ६४ मत ल्याउँदा शर्माले ९ हजार ८९ मत ल्याएका छन् ।
निर्वाचित जोशी कुश्मा नगरपालिकाको संस्थापक मेयर समेत हुन् । उनको यो दोस्रो कार्यकाल हो ।
उपप्रमुखमा भने नेकपा एमालेकी स्वस्थानी रिजालले बाजी मारेकी छिन् । गठबन्धन दलबाट उपप्रमुखमा उठेका माओवादी नेता शङ्कर गिरी ८ सय १० मतले पछि परेका हुन् ।

निर्वाचित रिजालले ९ हजार ९२ मत ल्याउँदा गिरीले ८ हजार २ सय ८२ मत ल्याएका छन् । २०७४ को स्थानीय चुनावमा पनि यस नगरपालिका काँग्रेसले नै नेतृत्व गरेको थियो ।