Home बुलेट न्युज पर्वतमा सवारी दुर्घटना, १३ जना घाइते  

पर्वतमा सवारी दुर्घटना, १३ जना घाइते  

by ईलालटिन
0 comment
पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादीमा जिप र बस एकापसमा ठोकिँदा जिपमा सवार १३ जना यात्रु घाइते भएका छन् ।
बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो जिप पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग ठोकिएको हो ।
घाइते १३ जनालाई पर्वत जिल्ला अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । गम्भीर घाइते केहीलाई पोखरा पठाइसकिएको र अन्यको पनि सामान्य उपचार पश्चात् पोखरा पठाउने प्रक्रिया भइरहेको पर्वतको प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रअधिकारीले बताएका छन् ।
उनका अनुसार अहिलेसम्म घाइतेहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटना के कति कारणले भयो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com