167
धादिङ । धादिङको गल्छी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टी पराजित भएको छ । समाजवादीका कृष्णहरि श्रेष्ठले ७ हजार ५७ मत प्राप्त गरेपनि त्यो विजयका लागि पर्याप्त हुन सकेन ।
तुलनात्मक रुपमा समाजवादी बलियो मानिएको गल्छीमा एमालेका केदारनाथ खतिवडा ७ हजार ३०९ मतका साथ विजयी भएका हुन् । सो पालिकाको उपाध्यक्षमा भने काँग्रेसका भाइकाजी तिवारी विजयी भएका छन् । उनले एमालेकी राधा लामिछानेलाई पराजित गरेका हुन् । रातोपाटी ।