पर्वत । पर्वतको मोदी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी बनेका छन् । अध्यक्षमा हिरादेवी शर्मा र उपाध्यक्षमा विमल लामिछानेले जित हात पारेका हुन् ।
गठबन्धन दलका माओवादी उम्मेदवार गुप्त बहादुर हमाललाई एक हजार ३ सय ३९ मतले हराउँदै शर्माले जित सुनिश्चित गरेकी हुन् । शर्माले ६ हजार १९ मत ल्याएकी छिन् भने हमालले ४ हजार ६ सय ८० मत ल्याएका छन् ।
उपाध्यक्षमा गठबन्धन दल नेपाली काँग्रेसका उम्मेदवार रामबहादुर प्रसाईँलाई पराजय गर्दै लामिछाने पालिकाको उपाध्यक्ष बन्न सफल भएका छन् ।
लामिछानेले ६ हजार ३ सय ३ मत ल्याउँदा प्रसाईँले ४ हजार ६ सय ५४ मत ल्याएका छन् ।
